प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८०-११-१०

  • A
  • A-
  • A+
Share

        कैलाली:- जिल्ला कैलाली, टीकापुर न.पा. १ स्थित एयरपोर्टबाट ९८० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २३ को आरोन थापालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

       कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. ४ कार्गिलडाँडाबाट ४४० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित भारतको बसहीबाट नेपाल तर्फ आउदै गरेको  जिल्ला कैलाली गोदावरी न.पा ८ स्याउले बस्ने बर्ष  २१ को बिरेन्द्र कठायतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

         यसैगरी:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. ११ डोकेबजारबाट १ ग्राम ७७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित भारतबाट नेपाल तर्फ आउदै गरेको  जिल्ला बैतडी पाटन न.पा. ६ बस्ने बर्ष २६ को कमल भण्डारीलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

       यसैगरी:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ पुरानो बसपार्कबाट १२९.६७ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष ७४ को शेर सिह धामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजले आफ्नै घरमा संचालन गरेको पसलभित्र र निजको साथबाट  खाँनतलासी गर्दा  लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ र नगद रु. ८२,७२५।- समेत  फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ र नगद सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।