सवारी दुर्घटनामा मृत्यु
२०८०-११-१०
- A
- A-
- A+
बैतडी:- जिल्ला बैतडी, डिलासैनी गा.पा.१ घारडा स्थित गन्नाबाट धौला तर्फ जादै गरेको सु.प.प्र.०१००१ च ३१४६ नम्बरको जीप अनियन्त्रीत भई सडकमा पल्टिई बिहीबार दिउँसो दुर्घटना हुँदा जीपमा सवार सोही ठाउँ बस्ने ५० बर्षिय गोपाल बोहराको उक्त जिपले च्यापिन गई घटनास्थलमा नै मृत्यु भएको हो । साथै उक्त जीपमा १३ जना सवार मध्ये १ जनाको मृत्यु भएको, ५ जना घाईतेहरुलाई उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला तर्फ पठाईएको छ भने अन्य यात्रुहरु सकुशल रहेका छन । दुर्घटना पश्चात फरार रहेका जीप चालको प्रहरीले खोजी गर्नुका साथै दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।