फरार प्रतिबादी पक्राउ
२०८०-११-१०
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा लागू औषध खैरो हिरोईन मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले ४ बर्ष ९ महिना २१ दिन कैद सजाय र रु १०,५००।– जरीवाना ठहर भई फरार रहेका भारत पिलिभित विशनपुर देउरिया ग्राम पञ्चायत घर भई हाल जिल्ला कैलाली ध.उ.म.न.पा.२ बस्ने बर्ष ४१ को पप्पु भन्ने जहिर खानलाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो ध.उ.म.न.पा.२ स्थित निजकै कोठाबाट पक्राउ गरेको हो ।