अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-११
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ चौराह र ऐ.३ राना गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २७,८८०।- बराबरको चिनी,प्याज,मिठाई,डाल्डा,चना,बेसन,सरप, सुर्तीजन्य पदार्थ लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ६ बनगाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,००,०००।– बराबरको लेडिज कुर्ता,सेनिटरी प्याड,बल्ब, औठी/हार कभर लगायतका सामानहरु, बेलौरी न.पा.४ क्याम्पस सडकबाट अन्दाजी मूल्य रु. २८,९२०।–बराबरको मल खाद,डिउ,साईकल लगायतका सामानहरु, पुनर्वास न.पा. ११ डोकेबजारबाट अन्दाजी मूल्य रु.९८,३१०।– बराबरको चिनी,प्याज,नरिवल,धोती, गाडीमा चिप्काउने टेप, प्लाष्टिक फुल, प्लाष्टिक लाईटिङ,प्लाष्टिक झलर लगायतका सामानहरु र पुनर्वास न.पा. १० दोदाबाट अन्दाजी मूल्य रु. ६,०००।–बराबरको माछा गरि जम्मा अन्दाजी मूल्य रु.३,३३,२३०।- बराबरको सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।