अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-११
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ बालुवाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १२,३००।– बराबरको गन्जी,कट्टु लगायतका सामानहरु शुक्रबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,४०,९५४।– बराबरको चिनी,मिश्री,मिठाई,दाल,सुट,जुत्ता,किराना,हार्डवेयर,कस्मेटिक लगायतका सामानहरु र ऐ. १६ मझगाँउबाट अन्दाजी मूल्य रु. ७,०००।–बराबरको दाल गरि जम्मा अन्दाजी मूल्य रु.१,४७,९५४।- बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गडडाचौकीमा बुझाएको हो ।