आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-११-११
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१४ स्थित सव डिभिजन वन कार्यालय फुलवारीको काठ र खरले बनेको गाडी ग्यारेजमा अचानक बिजुलीको तार सर्ट हुन गई शुक्रबार बिहान अन्दाजी ०२:०० बजेतिर आगलागी हुँदा ग्यारेज र ग्यारेज भित्र पार्किङ गरि राखेका मोटरसाईकल थान-२ गरि अन्दाजी मुल्य रु. ३,३९,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।