अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-१२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ शान्तिनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १२,०००।- बराबरको प्याज र ऐ. ३ ट्राफिक चौराहाबाट अन्दाजी मूल्य रु. १४,४००।– बराबरको चिनी,डेरी मिल्क,प्लाष्टिक झिल्ली लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.२६,४००।– बराबरको सामानहरु शुक्रबार दिउसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा. १ र ७ कञ्चभोजबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १२,६२०।- बराबरको पेय पदार्थ, बिस्कुट लगायतका सामानहरु शुक्रबार दिउसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।