अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-११-१२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ भन्सार नजिकबाट ४०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कन्चनपुर पुनर्वास न.पा. १० भिमबस्ती बस्ने बर्ष २३ को नविन सुनार समेत चार जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ फनपार्कबाट १ ग्राम ५०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला बझाङ दुर्गाथली गा.पा. ७ बस्ने बर्ष १९ को रोहित सिंहलाई शुक्रबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ट्राफिक चोकबाट ११० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला डोटी शिखर न.पा.८ बस्ने बर्ष २१ को कबिर बलायरलाई शुक्रबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।