अबैध काठ बरामद
२०८०-११-१२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, कैलारी गा.पा. १ दम्मारा स्थित कटैनी नदीको छेउमा लुकाई छिपाई राखेको सिसम जातको गोलिया थान १० (क्युफिट- ८४.७४) र आप जातको गोलिया थान २ (क्युफिट -१२.४२) ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो वेवारिसे अवस्थामा फेला पारि आवश्यक प्रक्रिया पुरा गरि बरामद गरेको हो । उल्लेखित काठ आवश्यक कारवाहीको लागि प्रहरीले सब डिभिजन बन कार्यालय बसन्ता कैलालीलाई बुझाएको हो ।