कारको ठक्करबाट मानिसको मृत्यु
२०८०-११-१२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, लम्कीचुहा न.पा. २ मोतिपुर चोक स्थित राजमार्गमा TS08GB6537 भारतिय नम्बरको कारको ठक्करबाट साइकल यात्री ऐ. १ बस्ने बर्ष ६० को कुल चन्द्र जोशीको शुक्रबार राती मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाईते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै टिकापुर अस्पताल टिकापुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त कार र चालक लम्कीचुहा न.पा.१० बस्ने बर्ष ४२ को भुवन जोशीलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।