आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-११-१२
- A
- A-
- A+
दार्चुला:- जिल्ला दार्चुला, मार्मा गा.पा. २ घोप्टे बस्ने प्रकाश महरले संचालन गरेको दिपिका एण्ड अनिस पोल्ट्री फर्ममा बिजुलीको तार सर्ट हुन गई शुक्रबार साँझतिर आगलागि हुँदा उक्त फर्म भित्र रहेका ८०० वटा कुखुराको चल्ला, बिद्युत मिटर र कुखुरा दाना लगायतका सामानहरु गरी अन्दाजी रु. ४,००,०००।– (चार लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।