प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८०-११-१३

  • A
  • A-
  • A+
Share

कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १  बालुवाघाट  अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४०,५००।- बराबरको २७ पिस लेडिज सुट, ऐ. २  ट्राफिक चौराहाबाट अन्दाजी मूल्य रु. ३९,७८९।– बराबरको चिनी,प्याज,गुड,सरप,नरिवल,धोती र भजनी न.पा.५ हलौनाघाटबाट अन्दाजी मूल्य रु.१,६०,०००।– बराबरको चिनी,बिडी,बिस्कुट,स्टिलको बाल्टिन,बिभिन्न प्रकारका पेय पदार्थ,मोटरसाईकल थान-१ लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.२,४०,२८९।– बराबरको सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाटबाट  अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १२,०००।- बराबरको चिनी,चक्लेट,दुध पाउडर,अण्डा र  दोधारा चाँदनी न.पा.८ शिवनगर टोलबाट अन्दाजी मूल्य रु. ५,२८०।- बराबरको ब्लाङकेट,तन्ना लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रू.१७,२८०।– बराबरको सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।