प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८०-११-१३

  • A
  • A-
  • A+
Share


कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ४ खुल्ला मञ्च कम्पाउण्ड भित्रबाट प्रतिबन्धित लागू औषध Buprenortine injection IP 2 ml एम्पुल-१० थान,Phenergan 2ml एम्पुल-१० थान,life line 3ml syringe ५ थान,ml syringe १८ थान सहित सोही ठाउँ बस्ने बर्ष २२ को रमेश दमाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त लागू औषध फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी:- जिल्ला कञ्चनपुर, बेदकोट न.पा.७ चौखुट्टेबाट ब्रोफिन एम्पुल २६ थान  र फेनारगन एम्पुल २६ थान गरी जम्मा ५२ थान प्रतिबन्धित लागू औषध सहित सोही ठाउँ बस्ने बर्ष ३१ को बिजय राज पन्तलाई शनिबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजको घरको उत्तर पट्टी थुपारेको काठमुनी लुकाई छिपाई राखेको अवस्थामा उक्त लागू औषध फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 यसैगरी:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.६ “ङ” गाउँ मनकामना टोल स्थित सडक खण्डबाट १९० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली धनगढी उ.म.न.पा. ५ हसनपुर बस्ने बर्ष ३९ को योगेश भण्डारी र ऐ. ४ उत्तर बेहडी बस्ने बर्ष ३८ को बल्देव बिष्टलाई शनिबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र  शसस्त्र प्रहरीको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजहरुले प्रयोग गरेको स्कुटी थान-१ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।