अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-११-१३
- A
- A-
- A+
कञ्चनपुर:-
जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ४ खुल्ला मञ्च
कम्पाउण्ड भित्रबाट प्रतिबन्धित लागू औषध Buprenortine
injection IP 2 ml एम्पुल-१० थान,Phenergan
2ml एम्पुल-१० थान,life line 3ml syringe ५ थान, ५ ml syringe १८ थान सहित सोही ठाउँ बस्ने बर्ष २२ को
रमेश दमाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी
कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त
लागू औषध फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त लागू औषध सहित निजलाई पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी:-
जिल्ला कञ्चनपुर, बेदकोट न.पा.७ चौखुट्टेबाट
ब्रोफिन
एम्पुल २६ थान र फेनारगन एम्पुल २६ थान गरी
जम्मा ५२ थान प्रतिबन्धित लागू
औषध सहित सोही ठाउँ बस्ने बर्ष ३१ को बिजय राज पन्तलाई शनिबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । लागू औषध
नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट
संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजको घरको उत्तर पट्टी
थुपारेको काठमुनी लुकाई छिपाई राखेको अवस्थामा उक्त लागू औषध फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त
लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान
गरिरहेको छ ।
यसैगरी:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.६ “ङ” गाउँ मनकामना टोल स्थित सडक खण्डबाट १९० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली धनगढी उ.म.न.पा. ५ हसनपुर बस्ने बर्ष ३९ को योगेश भण्डारी र ऐ. ४ उत्तर बेहडी बस्ने बर्ष ३८ को बल्देव बिष्टलाई शनिबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र शसस्त्र प्रहरीको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजहरुले प्रयोग गरेको स्कुटी थान-१ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।