आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट हुनुका साथै मानिस घाईते
२०८०-११-१३
- A
- A-
- A+
अछाम:- जिल्ला अछाम, मेल्लेख गा.पा.४ राफा बस्ने किट्टे साउँदको ढुङ्गा माटोले बनेको, खरले छाएको १ तले २ कोठे कच्चि घरमा खाना पकाउने क्रममा चुलोबाट एक्कासी आगो सल्कीन गई शनिबार दिउँसो घरमा आगलागी हुदा घर भित्र रहेका लत्ता कपडा,अन्नपात,भाँडाकुडा लगायतका सामानहरु गरि अन्दाजी रु. २,००,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । आगो निभाउने क्रममा निज किट्टे साउँदको हात, खुट्टा र टाउकोमा जलेर घाईते भई स्थानिय स्वास्थ्य चौकीमा उपचार पश्चात सोही साँझ डिस्चार्ज भएका हुन । आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।