प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८०-११-१४

  • A
  • A-
  • A+
Share

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न व्यक्तिहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

निम्न:

१. लागु औषध (खैरो हेरोईन) मुद्दामा ९ वर्ष ९ महिना २२ दिन कैद सजाय र एक लाख जरिवाना ठहर भएका जिल्ला कैलाली लम्कीचुहा न.पा.१ लम्की बस्ने भुपेश भन्ने शिशिर थापा ।

२. टिकापुर न.पा.१ बस्ने जुवा मुद्दामा रु २००।- जरिवाना ठहर भएको नृर्प बहादुर बिष्‍ट । 

३. ऐ.ऐ.बस्ने गाली बेईज्जती मुद्दामा रु १,०००।- जरिवाना ठहर भएकी संगिता कुवँर ।

४. ऐ.ऐ.बस्ने गाली बेईज्जती मुद्दामा रु १,०००।– जरिवाना ठहर भएको मिन बहादुर कुवँर ।

५. भजनी न.पा.७ बस्ने जालसाँची मुद्दामा रु. ५,०००।- जरिवाना ठहर भएको राम चुन्नी डगौरा थारु ।

६. ऐ.ऐ बस्ने जालसाँची मुद्दामा रु. ५,०००।- जरिवाना ठहर भएको  खुशीराम डगौरा ।

७. भजनी न.पा.१ बस्ने  चेक अनादर मुद्दामा रु. १,०००।- जरिवाना ठहर भएको पुरन जैशी । 

८. जानकी गा.पा.१ बस्ने ज्यान मार्ने मुद्दामा ५ बर्ष कैद सजाय ठहर भएको सोनु बोगटी ।

   कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न व्यक्तिहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

निम्न:

१. लागू औषध (चरेश) मुद्दामा सम्मानित अदालतको मिति २०६३।०२।२२ गतेको फैसलाले १ महिना कैद र रु,१,०००।- (एक हजार ) जरिवाना ठहर भएका पुनर्वास न.पा.१ बस्ने पृथ्वी राना ।

२. बैङ्किङ कसुर मुद्दामा सम्मानित अदालतको मिति २०८०।०२।१२ गतेको  फैसलाले ३ दिन कैद र रु,६,७१०००।- (छ लाख एकहत्तर हजार ) जरिवाना ठहर भएका भिमदत्त न.पा.-१२ बस्ने सिद्धराज जोशी । 

३. नदि उकास राष्ट्रिय बन क्षेत्र अवैध रुपमा खनजोत गरेको मुद्दामा सम्मानित अदालतको मिति २०८०।०२।०२ गतेको फैसलाले १ महिना ४ दिन कैद र रु, १०,०००।- (दश हजार ) जरिवाना ठहर भएका कृष्णपुर न.पा.४ बस्ने एकहतु भन्ने खेम खुना ।  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।