अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-११-१५
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोकेबजारबाट २८० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली,धनगढी.उ.म.न.पा. ५ हसनपुर बस्ने बर्ष २६ को सुरज शाहीलाई सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।