प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८०-११-१५

  • A
  • A-
  • A+
Share

कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

निम्न:-

१.  लागु औषध (नाईट्रोभेट/खैरो हिरोईन) मुद्दामा १६ दिन कैद सजाय ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ बस्ने शम्भु सेवा ।

२.  लागु औषध (खैरो हिरोईन) मुद्दामा १९ दिन कैद सजाय ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ बस्ने बिबेक नेपाली । 

३.  लागु औषध (नाईट्रोभेट) मुद्दामा १९ दिन कैद सजाय ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ बस्ने भक्तु राना ।

४   बहुबिबाह मुद्दामा १ बर्ष कैद सजाय र रु.५,०००।– जरिवाना ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा.१२ बस्ने दिल बहादुर थापा।

५.  चोरी मुद्दामा १९ दिन कैद सजाय र रु.२,०००।- जरिवाना ठहर भएका जिल्ला कैलाली गोदावरी न.पा. १ बस्ने अर्जुन चौधरी ।

६.  नाता कायम मुद्दामा रु.२५०।- जरिवाना ठहर भएका जिल्ला कैलाली टिकापुर न.पा. ९ बस्ने आस्था कुँवर ।

७.  चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएका  जिल्ला कैलाली जानकी गा.पा. ८ बस्ने निर्प बहादुर भण्डारी ।

८.  चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएका जिल्ला कैलाली टिकापुर न.पा. ९ बस्ने तुल बहादुर धामी ।

९.  चेक अनादर मुद्दामा रु.१,८००।– जरिवाना ठहर भएका जिल्ला कैलाली टिकापुर न.पा. १ बस्ने शोभा सिंह ठकुरी ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।