प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागेर मृत्यु

२०८०-१०-१६

  • A
  • A-
  • A+
Share

    डडेल्धुरा:- जिल्ला डडेल्धुरा, आलिताल गा.पा.८ सुनखोलामा ब्याट्रीद्धारा माछा मार्ने क्रममा करेन्ट लागेर जिल्ला डोटी जोरायल गा.पा.१ गैरा बस्ने बर्ष २८ को राजु बि.क.को मंगलबार साँझतिर मृत्यु भएको हो । करेन्ट लागेर बेहोस भएका उनको उपचारको लागि जोगबुढा अस्पताल जोगबुढा डडेल्धुरा पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हो । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय जोगबुढा डडेल्धुराबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।