करेन्ट लागेर मृत्यु
२०८०-१०-१६
- A
- A-
- A+
डडेल्धुरा:- जिल्ला डडेल्धुरा, आलिताल गा.पा.८ सुनखोलामा ब्याट्रीद्धारा माछा मार्ने क्रममा करेन्ट लागेर जिल्ला डोटी जोरायल गा.पा.१ गैरा बस्ने बर्ष २८ को राजु बि.क.को मंगलबार साँझतिर मृत्यु भएको हो । करेन्ट लागेर बेहोस भएका उनको उपचारको लागि जोगबुढा अस्पताल जोगबुढा डडेल्धुरा पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हो । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय जोगबुढा डडेल्धुराबाट आवश्यक अनुसन्धान भईरहेको छ ।