प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सडक खन्ने क्रममा स्काईभेटर पुरिएको

२०८०-११-१६

  • A
  • A-
  • A+
Share

    बैतडी:- जिल्ला बैतडी, सुर्नया गा.पा.८ साफेबगर स्थित ऐ.ढोल्यामोड देखि सतवाँज चौराह निस्कने भित्रि सडक खण्ड डबल कटिङ गर्ने क्रममा आकृती जाकृती मुनाल कन्ट्रक्सनको बा ३ क १४८ नम्बरको स्काईभेटर काम गरिरहेको बेला मंगलबार दिउँसो सडक माथिबाट पहिरो गई पुरिएको हो । चालक जिल्ला डडेल्धुरा भागेश्वर गा.पा.३ बस्ने बर्ष २६ को आनन्द गिरीको घाँटी,कम्मरमा चोट लागि उपचारको लागी डडेल्धुरा अस्पताल डडेल्धुरा पठाईएको हो । स्काईभेटर घटनास्थलमै रहेको साथै उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट  ढोल्यामोड बैतडीबाट प्रहरी टोली खटिई गएको हो ।  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।