जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-११-१७
- A
- A-
- A+
कैलाली:- १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।