प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८०-११-१८

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

निम्न:-

१.  बन मुद्दामा रु.९४,५७०।-  जरिवाना ठहर भएका जिल्ला कैलाली,चुरे गा.पा. ३ बस्ने भिम बहादुर थापा ।

२. बन मुद्दामा २ महिना ४ दिन कैद सजाय र रु.१३,५००।-  जरिवाना ठहर भएका जिल्ला कैलाली,चुरे गा.पा. ६ बस्ने जवन सिंह रावत ।

३. लागू औषध मुद्दामा ३ दिन कैद सजाय ठहर भएका जिल्ला कैलाली गोदावरी न.पा. ५ बस्ने किरण बोहरा ।

४. चोरी मुद्दामा ५ महिना ८ दिन कैद सजाय ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा. १६ बस्ने सुनिल चौधरी ।

५. चेक अनादर मुद्दामा रू.२२५।– जरिवाना ठहर भएका  जिल्ला कैलाली चुरे गा.पा. १ बस्ने बिर बहादुर घर्ती मगर ।

६. वन मुद्दामा २३ दिन  कैद सजाय र रु.१२,२५०।– जरिवाना ठहर भएका जिल्ला कैलाली लम्कीचुहा न.पा. २ बस्ने सुधराम डंगौरा ।

   कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

निम्न:-

१. किर्ते मुद्दामा १ बर्ष ४ महिना १६ दिन कैद सजाय र रु. १,५०,०००।- जरिवाना ठहर भएका पुनर्वास न.पा. ६ बस्ने हिमाल मल्ल ।

२. नकवजनी चोरी मुद्दामा १८ दिन कैद सजाय र रु.६६१।– जरिवाना ठहर भएका भिमदत्त न.पा. १८ बस्ने राहुल चन्द ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।