प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८०-११-१९

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा वडा नं.१ बालुवाघाट, वडा नं ३ चौराह, वडा नं. ९ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९७,७४०।– बराबरको प्याज,चिनी,सुर्ती,साबुन,डेरी मिल्क,पटका,माछा, बोईलर कुखुरा लगायतका सामानहरु, टिकापुर न.पा.७ प्रतिपुरबाट अन्दाजी मुल्य रु. २७,०००।– बराबरको चिनी र गोदावरी न.पा.२ बनदेबी मन्दिर नजिकबाट अन्दाजी मूल्य रू. ५५,०५०।– बराबरको कुर्ता सुरवाल सुट गरि जम्मा अन्दाजी मुल्य रु. १,७९,७९०।– बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१७ महाकाली बालबिद्या नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १०,०००।– बराबरको प्लाष्टिक झिल्ली,बिडी, पेय पदार्थ,सुर्ती लगायतका सामानहरु र बेलौरी न.पा. १ फटैयाबाट अन्दाजी मुल्य रु. ३५,०००।– बराबरको बोईलर कुखुरा गरि जम्मा अन्दाजी मुल्य रु. ४५,०००।– बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  उल्लेखित बरामद भएका बोईलर कुखुरा आवश्यक प्रकृया पुरा गरि प्रहरीले नष्ट गरेको हो ।

     बैतडी:- जिल्ला बैतडी, दशरथचन्द न.पा.४ कल्वारमोड स्थित सडक किनारबाट र ऐ.१० केदारमाण्डौबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४७,४००।– बराबरको चिनी,तेल,मिठाई,दाल,मिश्री,नमकिन,सुपारी,चक्लेट,कफि लगायतका सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।