प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ बरामद

२०८०-११-२०

  • A
  • A-
  • A+
Share

         कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ६ भट्टी चोकबाट साल जातको काठ जस्तो देखीने कडी ७५ थान र फ्रेम ४१ थान (४७.४ क्यू फिट) सहित से १ ख १६२० नम्बरको मिनिट्रक र चालक जिल्ला डोटी बडिकेदार गाउँपालिका १ बस्ने बर्ष २९ को बसन्त मौनीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उक्त मिनिट्रक पल्टेको अवस्था रहेको भनि स्थानियले जानकारी गराउना साथ सामुदायिक प्रहरी सेवा केन्द्र हंसनपुरबाट खटिएको प्रहरी टोलीले उक्त काठ फेला पारी ट्रक सहित चालकलाई पक्राउ गरेको हो । उल्लेखित काठ,ट्र्क र चालकलाई आवश्यक कारवाहीको लागि प्रहरीले सव डिबिजन वन कार्यालय कैलालीलाई बुझाएको हो ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।