प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८०-११-२१

  • A
  • A-
  • A+
Share

        कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनाधर मुद्दामा रु ५००।- जरिवाना ठहर भई फरार रहेका भजनी न.पा.३ पेरणी बस्ने बर्ष ४० को हरिराम डगौरालाई आईतबार ईलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले भजनी बजारबाट पक्राउ गरेको हो । 

       कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

निम्न:-

१. अभद्र व्यवहार मुद्दामा रु.३,०००।– जरिवाना ठहर भएका कृष्णपुर न.पा. ४ बस्ने सोनु बडैला ।

२. अभद्र ब्यवहार मुद्दामा रु. ५,०००।– जरिवाना ठहर भएका भिमदत्त न.पा.१८ बस्ने आयुष भट्टराई ।

३. नकवजनी चोरी मुद्दामा रु. १५,०००।– जरिवाना ठहर भएका बेलडाँडी गा.पा.१ बस्ने परिवर्तित नाम जिल्ला ७५ बेलडाँडी (झ) कुमार ।

४. गालि बेईज्जति मुद्दामा रु.५००।- जरिवाना ठहर भएका भिमदत्त न.पा.-८ बस्ने जोगि गरि दमाई ।

५. गालि बेईज्जति मुद्दामा रु.५००।- जरिवाना ठहर भएका भिमदत्त न.पा.-८ बस्ने भरत दमाई ।

६. गालि बेईज्जति मुद्दामा रु.५००।- जरिवाना ठहर भएका भिमदत्त न.पा.-८ बस्ने पुनि दमाई ।

७. सवारी ज्यान मुद्दामा रु. २,०००।- जरिवाना ठहर भएका दोधरा चाँदनी गा.बि.स.-७ बस्ने नर सिंह धामी ।

८. जबरजस्ती करणी मुद्दामा ६ महिना कैद सजाय र रु. ३०००।– जरिवाना ठहर भएका दोधरा चाँदनी न.पा.-१ बस्ने केशब राज भट्ट ।

९. कृते जालसाँज मुद्दामा रु. १,०००।– जरिवाना ठहर भएका भिमदत्त न.पा.-६ बस्ने पुरन कुमाल ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।