प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-११-२३

  • A
  • A-
  • A+
Share

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

निम्न:-

१. वन पैदावार ओसार पसार मुद्दामा रु.४,५०५।– जरिवाना ठहर भएका गौरीगंगा न.पा. ३ बस्ने दिल बहादुर खत्री ।

२. सवारी ज्यान मुद्दामा १ महिना ८ दिन कैद सजाय र रु.२,०००।– जरिवाना ठहर भएका गौरीगंगा न.पा. ३ बस्ने अमृत चौधरी ।

३. वनपैदावार ओसार पसार मुद्दामा १५ दिन कैद सजाय र रु. १६,३२५।– जरिवाना ठहर भएका बर्दगोरिया गा.पा. ६ बस्ने मान बहादुर सुनार ।

४. वनपैदावार ओसार पसार मुद्दामा ५ दिन कैद सजाय र रु २६,४१८।– जरिवाना ठहर भएका भएका बर्दगोरिया गा.पा. ६ बस्ने  महेन्द्र बिश्वकर्मा ।

५. लागू औषध (गाँजा/चरेश) मुद्दामा १० दिन कैद सजाय र रु. २०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ४ बस्ने तेज बहादुर धामी ।

६. सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय ठहर भएका लम्की चुहा न.पा. १० बस्ने आइतवारी डगौरा । 


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।