प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-११-२४

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

    निम्न:-

१. बन मुद्दामा रु १७,५१०।– जरिवाना ठहर भएका कैलारी गा.पा.६ बस्ने दिनेश चौधरी ।

२. चेक अनादर मुद्दमा रु.१,०००।– जरिवाना ठहर भएका टिकापुर न.पा.१ बस्ने अभिषेक चौधरी ।

३. लागू औषध मुद्दमा रु.१,०००।– जरिवाना ठहर भएका टिकापुर न.पा.८ बस्ने सुरज बुढा ।

४. जुवातास मुद्दामा रु.२००।–जरिवाना ठहर भएका टिकापुर न.पा.१ बस्ने उदय  बहादुर शाही ।

५. जालसाजी मुद्दामा रु. १,२५०।– जरिवाना ठहर भएका टिकापुर न.पा.९ बस्ने नारायण भुर्तेल ।

६. ज्यान सम्बन्धी कसूर मुद्दामा रु.२००।- जरिवाना ठहर भएका जानकी न.पा.८ बस्ने प्रदेशी थारु ।

७. कुटपिट मुद्दामा १ महिना कैद सजाय र रु.१,३००।– जरिवाना ठहर भएका जानकी गा.पा. वडा नं. २ बस्ने बालकृष्ण थारु ।

८. वन मुद्दामा रु.५९,१३६।– जरिवाना ठहर भएका टिकापुर न.पा.२ बस्ने भिम बहादुर आउजी ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।