प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

*** प्रहरी नायव महानिरीक्षक ज्यूबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ***

२०८०-११-२४

  • A
  • A-
  • A+
Share

    धनगढी:- सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूले आज नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया,कैलालीको स्थलगत निरीक्षण गर्नु भयो । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय भवन, शाखाहरु, ब्यारेक,मेसको निरीक्षण गर्नु भई सुदूरपश्चिम प्रदेश अन्तरगत ट्राफिक प्रहरी कार्यालयहरुमा कार्यरत बिभिन्न युनिटहरुका ईन्चार्जहरु समेतलाई आवश्यक निर्देशन दिनु भयो ।  

     निर्देशनको क्रममा उहाँले ओभरलोड लोड,भवरलोड,क्षमता भन्दा बढी यात्रु बोक्ने,प्राईभेट नम्बर प्लेट भएका सवारी साधनले यात्रुहरु बोक्ने,रुट पर्मिट नभएका स्थानमा सवारी साधन चलाउने,नबिकरण फेल भएका सवारी साधनहरु पनि निर्वाध रुपमा चलाउने,क्षमता भन्दा बढी नदीजन्य पदार्थको भार बोकी सडकमा पानी चुहाउदै टिपरहरु गुड्ने,यदाकदा ट्राफिक प्रहरीहरुकै नियम उल्लघंनकर्ताहरुसंग अब्यवसायिक साँठगाँठ हुने जस्ता प्रबृतीहरुलाई पुर्णतया निरुत्साहित गरि उच्च अनुशासनका साथ उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनु भयो । 

     उक्त अवसरमा उहाँले सवारी दुर्घटना न्युनिकरणका लागि सरोकारवाला निकाय तथा नागरिक समाजसंग सहकार्य गरि जनचेतनामुलक कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्ने,ट्राफिक चेकजाँच कडाईका साथ पुर्ण ब्यवसायिक तबरले गर्ने,अनाबश्यक हैरानी नदिने,प्रहरी कर्मचारीहरुले नेपाल प्रहरीको मिडिया नीति बिपरित सामाजिक सञ्जालको प्रयोग नगर्न र प्रहरी आचरण विपरीतका कुनै गतिविधिमा संलग्न नहुन समेत सचेत गराउनु भयो । 

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१७

 कैलाली:-  मिति २०८२।०३।१६ गते १७:५५ बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखड स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट  जिल्ला हुम्ला, सर्केगाड गा.पा.५ बस्ने बर्ष ३२ को लोकेन्द्र बहादुर शाही,  बर्ष २७ को सालु शाही र सोही केसमा संलग्न ऐ. भजनिरोड स्थित सिटिजन बैङ्क नजिकबाट जिल्ला रोल्पा, सुनछहरी गा.पा.३ बस्ने बर्ष ३२ की पुर्णिमा पुन मगरलाई गोप्य सुचनाको आधारमा २ किलो ७ सय १४ ग्राम अफिम जस्तो देखिने  अर्ध तरल पदार्थ फेलापारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यलय सुखड, कैलाली, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        

फरार प्रतिबादी पक्राउ
२०८२-०३-१६

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।१५ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बस्ने बर्ष २७ को रबिन चौधरीलाई जिल्ला कैलाली, गोदावरी न.पा.३ चौकीडाडाबाट पक्राउ गरेको ।  २. चोरी मुद्दामा १ महिना १७ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.११ जबलपुर बस्ने बर्ष ३८ को बिजय कठरियालाई निजकै घर ठेगानाबाट पक्राउ गरेको ।   

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-१६

      कैलाली:- मिति २०८२।०३।१५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ बालुवाटार स्थित सडक खण्डबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,३००।– बराबरको डोर म्याट, म्याट, उनि म्याट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।         कञ्चनपुर:- मिति २०८२।०३।१५ गते २२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ५ शुकासालबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,००,५००।- बराबरको खाद्यान्न, कस्मेटिक, किराना लगायतका सामानहरु अस्थायी प्रहरी विट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।