प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भिरबाट लडेर मृत्यु

२०८०-११-२४

  • A
  • A-
  • A+
Share

    दार्चुला:- जिल्ला दार्चुला, व्यास गा.पा.२ फुलसिह धार टिङकर सडक खण्डमा काम गर्ने क्रममा भिरबाट अन्दाजी ४०० मिटर तल खसेर ऐ.नौगाड गा.पा. ४ सिप्टी बस्ने बर्ष ४८ को ललित सिंह ठगुन्नाको बुधबार साँझतिर मृत्यु भएको हो । निजको भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय हुती दार्चुला समेतबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।