प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भिरबाट लडेर मृत्यु

२०८०-११-२६

  • A
  • A-
  • A+
Share

     दार्चुला:- जिल्ला दार्चुला, नौगाड गाउँपालिका ५ घट्टकसार बस्ने बर्ष अन्दाजी ५२ को दल बहादुर धामी ऐ. घट्टखोला स्थित भिरबाट अन्दाजी ५०/६० मिटर खसेर शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन । ऐ. गाउँपालिकाको सातौं स्थापना दिवस कार्यक्रममा सहभागी भई घर तर्फ फर्कने क्रममा शुक्रबार भिरबाट लडी मृत्यु भएको खबर शनिबार बिहान प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुला समेतबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।