अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-२८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, भजनी न.पा.५ कौवाखेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ८,०००।– बराबरको चिनी आईतबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ सुकासालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,२६,६००।– बराबरको चिनी,मिठाई,खानेतेल,दाल,सुर्ती,पेय पदार्थ,प्लाष्टिक,कम्प्युटर पेपर लगायतका सामानहरु, पुनर्वास न.पा.६, ११ मनकामना टोल र ईटा भट्टा नजिकबाट अन्दाजी मूल्य रु.१,६२,८००।– बराबरको प्याज,आलु, बिडी,सुर्ती,पेय पदार्थ, जेन्स दाउरा सुरुवाल लेडिज कुर्ता सुरुवाल, बच्चाको फराक लगायतका सामानहरु र बेलौरी न.पा.६ भुराकोटबाट अन्दाजी मूल्य रु. ९०,२००।– बराबरको चिप्स,गावा जुस, जुस, चक्लेट, गुडपट्टि, मल-खाद, खाने तेल, बिस्कुट, बुमबुम, डिउ,साईकल थान-३ लगायतका सामानहरु गरि जम्मा अन्दाजी मुल्य रु.३,७९,६००।– बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।