प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८०-११-२८

  • A
  • A-
  • A+
Share

   कैलाली:- जिल्ला कैलाली, भजनी न.पा.५ कौवाखेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ८,०००।– बराबरको चिनी आईतबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।   

   कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ सुकासालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,२६,६००।– बराबरको चिनी,मिठाई,खानेतेल,दाल,सुर्ती,पेय पदार्थ,प्लाष्टिक,कम्प्युटर पेपर लगायतका सामानहरु, पुनर्वास न.पा.६, ११ मनकामना टोल र ईटा भट्टा नजिकबाट अन्दाजी मूल्य रु.१,६२,८००।– बराबरको प्याज,आलु, बिडी,सुर्ती,पेय पदार्थ, जेन्स दाउरा सुरुवाल लेडिज कुर्ता सुरुवाल, बच्चाको फराक लगायतका सामानहरु र बेलौरी न.पा.६ भुराकोटबाट अन्दाजी मूल्य रु. ९०,२००।– बराबरको चिप्स,गावा जुस, जुस, चक्लेट, गुडपट्टि, मल-खाद, खाने तेल, बिस्कुट, बुमबुम, डिउ,साईकल थान-३ लगायतका सामानहरु गरि जम्मा अन्दाजी मुल्य रु.३,७९,६००।– बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।   


सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८३-०३-०९

        कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बालुवाफाँटा बस्ने वर्ष ३८ को दिपेन्द्र चौधरीलाई इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।        डोटी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डोटीको फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना २९ दिन कैद सजाय तोकिएको जिल्ला डोटी, आदर्श गा.पा.७ जडिमाना बस्ने बर्ष ५६ को रण बहादुर बिष्टलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले सोमबार दिपायल सिलगढी न.पा.६ सिलगढी बाट पक्राउ गरेको हो ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०३-०९

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरु धनगढी उ.म.न.पा.७ जोख्खरताल नजिक र भजनी न.पा.२ गौनहियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,०७,६००।– बराबरको बिडी, मोबाईल ग्लास, प्लाष्टिक झिल्ली लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५०,७००।– बराबरको मोबाईल कभर, सुट कपडा लगायतका सामानहरु सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।