प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-११-३०

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।

  निम्न:-

१. बन मुद्दामा रु.८,३९६।– जरिवाना ठहर भएका गोदावरी न.पा.९ बस्ने कालुराम राना ।

२. बन मुद्दामा रु.१२,०००।– जरिवाना ठहर भएकी टिकापुर न.पा. ५ बस्ने लक्ष्मी चौधरी ।

३. चेक अनादार मुद्दामा रु.९००।– जरिवाना ठहर भएकी टिकापुर न.पा. ४ बस्ने सरिता चौधरी ।

४. चेक अनादार मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएकी टिकापुर न.पा. १ बस्ने रिता चौधरी ।

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले चोरी मुद्दामा रु.२०,०००।- जरीवाना ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर भिमदत्त न.पा.८ बस्ने १८ बर्षिय किशोरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार निजकै घरबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।

बैतडी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बैतडीको फैसलाले कर्तव्य ज्यान मुद्दामा ८ बर्ष ११ महिना ११ दिन कैद सजाय ठहर भई फरार रहेका जिल्ला बैतडी सिगास गा.पा. २  बस्ने बर्ष ३८ को राजेन्द्र सिंह धामीलाई प्रहरी चौकी गाँजरी बैतडीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझतिर ऐ. गाजँरी बजारमा फेला पारी पक्राउ गरेको हो ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।