जीपको ठक्करबाट मृत्यु
२०८०-१२-०१
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा.१ पदमा अस्पताल नजिक से १ च १५३९ नम्बरको महेन्द्रा बोलेरो जिपको ठक्करबाट जेब्रा-क्रसिङग गरिरहेको पैदलयात्री ऐ.१ PG वाटर कम्पनी नजिक बस्ने बर्ष ७० को बासुदेव खरेलको बुधबार साँझतिर मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाईते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । जीप र चालक जिल्ला डडेल्धुरा पर्शुराम न.पा.१२ बस्ने बर्ष २९ को जय बहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ