प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ बरामद

२०८०-१२-०३

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.४ जाईशिबिर स्थित सोही ठाउँ बस्ने बर्ष २४ को जितेश रानाले राँगा गाडा (डल्लब) मा ल्याउदै गरेको अवस्थामा २०.९१ क्युफिट अबैध सालको काठ शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त अबैध काठ सहितको गाडा र मानिस समेतलाई आवश्यक कारवाहीको लागि लालझाडी सव डिभिजन वन कार्यालयको जिम्मा लगाएको हो ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।