प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-१२-०३

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

   निम्न:-

१. लागू औषध मुद्दामा १६ दिन कैद सजाय र रु.२,०००।–जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. १२ बस्ने महेश बहादुर पुजारा ।

२. बन मुद्दामा रु. ९०,७३५।- जरीवाना ठहर भएका धनगढी उ.म.न.पा. ६ बस्ने करन चौधरी ।

३. आत्महत्या दुरुत्साहन मुद्दामा २ महिना ४ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना ठहर भएका घोडाघोडी न.पा. ९ राजेश बि.क. ।

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५७।०९।२० गतेको फैसलाले  कुटपिट मुद्दामा रु. ४२२।५० जरिवाना ठहर भई फरार रहेका दोधारा चाँदनी न.पा.१० बस्ने बर्ष ६२ को शेर बहादुर बुढालाई शुक्रबार ईलाका प्रहरी कार्यालय दोधराबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।

    बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको फैसलाले  हातहतियार सम्बन्धी कसुर मुद्दामा रु. २,८००।- जरिवाना ठहर भई फरार रहेका बुढीनन्दा न.पा.८ बस्ने सुरेन्द्र गिरीलाई शुक्रबार अस्थायी प्रहरी पोष्ट पाण्डुसैन बाजुराबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।