फरार प्रतिवादी पक्राउ
२०८०-१२-०३
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
निम्न:-
१. लागू औषध मुद्दामा १६ दिन कैद सजाय र रु.२,०००।–जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. १२ बस्ने महेश बहादुर पुजारा ।
२. बन मुद्दामा रु. ९०,७३५।- जरीवाना ठहर भएका धनगढी उ.म.न.पा. ६ बस्ने करन चौधरी ।
३. आत्महत्या दुरुत्साहन मुद्दामा २ महिना ४ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना ठहर भएका घोडाघोडी न.पा. ९ राजेश बि.क. ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५७।०९।२० गतेको फैसलाले कुटपिट मुद्दामा रु. ४२२।५० जरिवाना ठहर भई फरार रहेका दोधारा चाँदनी न.पा.१० बस्ने बर्ष ६२ को शेर बहादुर बुढालाई शुक्रबार ईलाका प्रहरी कार्यालय दोधराबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।
बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको फैसलाले हातहतियार सम्बन्धी कसुर मुद्दामा रु. २,८००।- जरिवाना ठहर भई फरार रहेका बुढीनन्दा न.पा.८ बस्ने सुरेन्द्र गिरीलाई शुक्रबार अस्थायी प्रहरी पोष्ट पाण्डुसैन बाजुराबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।