प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८०-१२-०६

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं. २ ट्राफिक चोक, ऐ. ८ धनगढीगाउँ, ऐ.१९ बहुलिया घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,३८,५००।–बराबरको प्याज,चिनी,सरफ,सुर्ती,पङखा,सिद्रा माछा, मोटरसाईकलका बिभिन्न पाटपुर्जा, ट्याकटरका बेरिङ, नट बोल्ड,घास काट्ने मेसिनका पाना, मोटरसाईकल थान-२ लगायतका सामानहरु, भजनी न.पा. वडा नं.३ ठेकी, ढुसी र ऐ.६ बसाहाबाट अन्दाजी मूल्य रु.१,१६,२५०।–बराबरको चिनी,बेसनको पिठो,ताला चाबी, टेबुल पंखाको पाता,स्वीच,बिजुलीको प्लग,त्रिपाल लगायतका सामानहरु र कैलारी गा.पा. ४ हनुमान मन्दिर पछाडीबाट अन्दाजी मूल्य रु.२२,२००।–बराबरको चप्पल र साईकल गरि जम्मा अन्दाजी मूल्य रु.५,७३,९५०।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।   

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. वडा नं.३ जनज्योती चोक, ऐ. १० गज्जरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७५,०४०।–बराबरको चिनी,मिठाई,बिद्युतको सामग्री,अण्डर वेयर,बच्चाको भेष्ट,कट्टु,हाप पाईन्ट,माईक लगायतका सामानहरु र बेलौरी न.पा. ६ नकैयाबाट अन्दाजी मूल्य रु.८०,७२५।–बराबरको मलखाद,डिउ,होलीको रङग,पिच्कारी, खेलौना, तरकारी,मोटरसाईकल थान-१ लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.२,५५,७६५।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।