प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८०-१२-०८

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं. २ ट्राफिक चौराह,ऐ. ९ सालघाडी, ऐ. १० घुईयाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५३,५६०।–बराबरको चिनी, मिश्री, सरप, पित्तलको पराद, कुर्ती, बिडी, सुर्ती, चम्चा, गोल्डी मसला, ज्वानो, बोईलर कुखुरा लगायतका सामानहरु,टीकापुर न.पा.९ खक्रौलाबाट अन्दाजी मूल्य रु.३६,८५०।–बराबरको प्याज,अंगुर,अनार, भजनि न.पा.३ कुसुमघाटबाट अन्दाजी मूल्य रु.२४,०००।–बराबरको चिनी, बिडी, कुरकुरे, प्लाष्टिक झोला, गुट्खा,प्लाष्टिक डोरी लगायतका सामानहरु र लम्कीचुहा न.पा. ३ बल्चौरबाट अन्दाजी मूल्य रु. ९,०००।–बराबरको प्याज गरि जम्मा अन्दाजी मूल्य रु.१,२३,४१०।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. वडा नं. १० तुम्नाडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १२,०००।–बराबरको डिजे, बेलौरी न.पा.६ भुराकोटबाट अन्दाजी मूल्य रु. ६०,०००।–बराबरको प्याज,साईकल थान-४, दोधारा चाँदनी न.पा.७ कंचभोजबाट अन्दाजी मूल्य रु. ६,०००।–बराबरको बोईलर कुखुरा र पुनर्वास न.पा. १० अमरबस्ती,ऐ. ११ गुम्बाबाट अन्दाजी मूल्य रु. ७६,८००।–बराबरको बिडी, सुर्ती, गुट्खा, प्लाष्टिक झिल्ली, लेडिज सुट गरि जम्मा अन्दाजी मूल्य रु.१,५४,८००।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

यसैगरी:- भिमदत्त नपा १८ गल्लि न. ४ बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,५२,५७४।–बराबरको हार्डवेयरका समान, पंखाको व्यारिङ, पंखाको सेल, मोटर क्वाइल, स्माट वाच सानो ठुलो, नट बोल्ट, लगायतका सामान सहित ऐ. १५ बस्ने बर्ष ३२ को भुवन लुहारलाई बुधबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।