प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८०-१२-१०

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा.१ त्रिबेणीघाट,ऐ.९ भैंसीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४७,२००।–बराबरको प्याज,चिनी, होलीमा प्रयोग हुने रङग,बोईलर कुखुरा लगायतका सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

   यसैगरी, धनगढी उ.म.न.पा. १२ जुगेडा स्थित हनुमान मन्दिर नजिक घरबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,१३,२००।–बराबरको खाद्यान्न,सुर्ती, किरानाका सामानहरु सहित सोही ठाउँ बस्ने बर्ष ३१ की सुस्मा जोशी तामाङ र बर्ष ३९ को बुद्धि सिंह लोपचनलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुको घरमा खानतलासी गर्दा उल्लेखित भन्सार छलिका सामानहरु फेला पारी आवश्यक प्रक्रिया पुरा गरि सामान सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  उल्लेखित सामान र निज दुवैजनालाई आबश्यक कारवाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त.न.पा. वडा नं. ४ बजार, ऐ.५ सुकासालबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८६,४२०।–बराबरको चिनी,दाल,तेल,चप्पल,बिजुलीका सामान,अन्य खुद्रा सामान,मोटरसाईकल थान-१ लगायतका सामानहरु र पुनर्वास न.पा.११ डाडागाँउ स्थित चर्च नजिकबाट अन्दाजी मूल्य रु. ६९,२००।–बराबरको पानी तान्ने पम्पमा प्रयोग हुने डोल्ची, वासर लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.२,५५,६२०।– बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।