प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-१२-१०

  • A
  • A-
  • A+
Share

    कैलाली:-  सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई शुक्रबार ईलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुकै घर वतनबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।

निम्न:-

१. बन मुद्दामा रु.६,९६२।६६ जरिवाना ठहर भएकी जानकी गा.पा. ८ बस्ने बिलासी देवी चौधरी ।

२. चेक अनादर मुद्दामा रु.२,०००।– जरीवाना ठहर भएका टिकापुर न.पा. १ बस्ने ठाकुर प्रसाद सार्की ।

३. चेक अनादर मुद्दामा रु.१,९००।– जरिवाना ठहर भएका जानकी गा.पा. ७ बस्ने लौटन डगौरा ।

४. बन मुद्दामा रु.११,६८०।– जरिवाना ठहर भएका टिकापुर न.पा. १ बस्ने तपेन्द्र बि.क. ।

५. चोरी मुद्दामा रु.२,८००।– जरिवाना ठहर भएका जानकी गा.पा. १ बस्ने धर्म राज रसाइली ।

६. बन मुद्दामा रु. १७,१४०।- जरिवाना ठहर भएका टिकापुर न.पा. ९ बस्ने शिब बहादुर थापा ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।