प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ बरामद

२०८०-१२-११

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली, गौरीगंगा न.पा.७ सोनपाल सामुदायिक वन स्थित सानटोन्द्रा भन्ने ठाउँबाट बेवारिसे अवस्थामा राखिएको सालको १२ गोलिया (९८.२९ क्युफिट) अबैध काठ शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिएको प्रहरी टोली र सव डिभिजन वन कार्यलय मसुरियाबाट खटिएको संयुक्त टोलीले उक्त अबैध काठ बेवारिसे अवस्थामा फेला पारि आवश्यक प्रक्रिया पुरा गरि कारवाहीको लागी सव डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको हो । 


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।