प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

२०८०-१२-११

  • A
  • A-
  • A+
Share

   कैलाली:- जिल्ला कैलाली, भजनी न.पा.०१ मोहन्याल बहुमुखी क्याम्पस नजिक भजनी-सुखड सडक खण्डमा से.१ त ८६३५ नम्बरको ट्याक्टरले सु.प.प्र.०१०१० प ९०६८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक सोही ठाँउ बस्ने बर्ष अन्दाजी २५ को धिरज चौधरीको शनिबार राती मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाईते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त ट्याक्टर प्रहरीले नियन्त्रणमा लिनुका साथै फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान भईरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।