प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८०-१२-१२

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६६,६२०।–बराबरको प्याज,चिनी,पास्ता,सरप,कुर्ती,चियापत्ती,नरिवल,दाल लगायतका सामानहरु आईतबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त.न.पा.२ भासी,  ऐ.११ चौकीसत्ता,ऐ. १० जिमुवाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७८,५२०।- बराबरको सुट,चप्पल,मोबिल,चुरा,नवरत्न तेल,रेजर,रङ,घाँसको बिँउ लगायतका सामानहरु, भिमदत्त.न.पा. ६ ऐठपुरबाट अन्दाजी मूल्य रु.१,२८,७८५।- बराबरको चिनी,मटर,दाल,माईक्रोनी, नरिवल, मिश्री,पापड,गुलावी रंग,सलाई, साउण्ड बक्स,पेन्ट, थान कपडा, अनार, प्याज लगायतका सामानहरु, बेलौरी न.पा. ४ शान्तिपुरबाट अन्दाजी मूल्य रु. ६६,०००।– बराबरको प्याज,साईकल थान-४ र लालझाडी गा.पा.३ बाट अन्दाजी मूल्य रु.११,७६०।–बराबरको प्याज,पेय पदार्थ,अण्डा,बिस्कुट गरि जम्मा अन्दाजी मूल्य रु.३,८५,०६५।–बराबरको सामानहरु आईतवार बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।