प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-१२-१३

  • A
  • A-
  • A+
Share

      बैतडी:- सम्मानित जिल्ला अदालत बैतडीको फैसलाले जबरजस्ती करणी र सार्वजनिक कसुर बिरुद्धको मुद्दामा ३ दिन कैद सजाय ठहर भई फरार रहेका जिल्ला बैतडी,सिगास गा.पा.३ बस्ने अमर सिह धामी, ऐ.बस्ने सोही मुद्दाको ३ दिन कैद सजाय ठहर भएका मनोज सिह धामी र ऐ.बस्ने सोही मुद्दाको ५ दिन कैद सजाय ठहर भई फरार रहेका  राजेन्द्र सिह धामीलाई सोमबार जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निज तीनै जनालाई सम्मानित अदालत समक्ष प्रहरीले पेश गरेको हो ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।