प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-१२-१४

  • A
  • A-
  • A+
Share

    कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा रु.२,०००।- जरिवाना ठहर भई फरार रहेका जिल्ला कैलाली,धनगढी उ.म.न.पा. २ बस्ने बर्ष ४७ को जनक बहादुर देउल्याललाई मंगलबार प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो । 

    कञ्चनपुर:- सम्मानित उच्च अदालत जनकपुरको मिति २०७९।१२।२२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय र रु. १०,००,०००।-(दश लाख) जरिवाना ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर,पुनर्वास न.पा. ११ भिमबस्ती बस्ने बर्ष ३० को समेल महतालाई मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट निजलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित जिल्ला अदालत कञ्चनपुर समक्ष पेश गरेको हो । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।