अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-१७
- A
- A-
- A+
डडेल्धुरा:- जिल्ला डडेल्धुरा, अमरगढी न.पा. २ चालिसे मोड नजिकबाट ०.४९५ किलोग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित ऐ.४ बस्ने बर्ष ४३ को कमल गुरुङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजार,डडेल्धुराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजले प्रयोग गरेको से.७ प. ३६१५ नम्बरको मोटरसाईकलको दाहिने लेकगार्डमा झुण्डाई लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ र मोटरसाईकल थान-१ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।