अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-२०
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ ट्राफिक चौराह नजिकबाट, ऐ.९ त्रिवेणीघाट, टिकापुर न.पा. ७ स्थित खैरिपुर बजार नजिक सडक खण्डबाट र भजनी न.पा.३ ठेकीपुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३४,६३५।– बराबरको प्याज,चिनी,मिठाई, मसला, इलायची, प्लास्टीक कुर्सी,किसमिस लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ४ ओपेरा होटेल नजिकबाट, ऐ.१७ मझगाउ र दोधारा चाँदनी न.पा.८ सुन्दरनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६२,७५०।– बराबरको चिनी, सिलिङ पंखा,रातो रङ,तरकारी,कागती,खुर्सानी लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।