प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-१२-२०

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

निम्न:-

१.सरकारी छाप कृते दस्तखत मुद्दामा ११ महिना ५ दिन कैद सजाय र रु.५०।– जरिवाना ठहर भएका जोशीपुर गा.पा. २ बस्ने लायक राम कुस्मी ।

२.सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय ठहर भएका टिकापुर न.पा. १ बस्ने सुर्य शाह ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-११-१४

     कैलाली:-  जिल्ला कैलाली भजनी न.पा. ५ भगतपुर स्थितबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ७,३५,५००/- ( सात लाख पैतिस हजार पाँच सय ) बराबरका कस्मेटिक सामानहरु बुधबार इलाका प्रहरी कार्यालय भजनी र पृथ्विपुर कैलालीबाट सयूक्त खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      दार्चुला:-  दार्चुला जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,४९५।- बराबरका किराना सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१३

  कैलाली :- जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं २ स्थितबाट ५०  मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित निम्न मानिसहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।निम्न१.जि.कैलाली बर्दगोरिया गा.पा. २ घर भई ऐ.ध.उ.म.न.पा. २ कोठा गरी बस्ने बर्ष २९ को कनैया चौधरी ।२.जि. अछाम साफेबगर न.पा.८ घर भई जि.कैलाली ध.उ.म.न.पा. २ कोठा गरी बस्ने बर्ष २६ को महेश कुँवर ।३.जि. अछाम साफेबगर न.पा. ८ घर भई जि.कैलाली ध.उ.म.न.पा. २ कोठा गरी बस्ने बर्ष २९ को गौरव स्वार ।    कञ्चनपुर :- जिल्ला कञ्चनपुर बेलौरी न.पा. ८ स्थित कलकत्ता बजारबाट १ ग्राम ३३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ३ देखदभुली बस्ने बर्ष २० को दिपेश रानालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी पचुई,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।