प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्याक्टरबाट खसेर मानिसको मृत्यु

२०८०-१२-२२

  • A
  • A-
  • A+
Share

    दार्चुला:- जिल्ला दार्चुला,महाकाली.न.पा.३ गराखु मानाकोट स्थित मुल्ला बगरबाट बाँज तर्फ आउदै गरेको सु.प.प्र.०२००२ त १५९२ नम्बरको ट्याक्टरमा सवार ऐ.३ मानाकोट बस्ने वर्ष अन्दाजी ३५।४० को हरक सिंह नगालको ट्याक्टरबाट खसेर बुधबार राती मृत्यु भएको हो । निजको ट्याक्टरबाट खसेर मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटिई गई ट्याक्टर चालक ऐ.३ बाँजघाट बस्ने वर्ष २५ को भुवन सिंह महरालाई प्रहरीले नियन्त्रणमा लिई,घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।